NEPALI नेपाल

नेपाली

होलिरुड को गिर्जाघर


'रुड' भन्नाले मध्ययुगीन अंग्रेजीमा क्रुस वा क्रस(+) भन्ने बुझिन्छ. यस अर्थले यो पवित्र क्रुसको गिर्जाघर हो भन्ने जनाउछ. यस स्थान मा प्रथम गिर्जाघर स्कटल्याण्ड का राजा डेविड प्रथमले सन् ११२९ मा बनाएका थिए. तर सो गिर्जाघर सन् १४०६मा आगो लागी ध्वस्त भयो. त्यसको लगत्तै च्याम्बर्लिन नामक भारदारले उक्त गिर्जाघरको पुन निर्माणको लागि चन्दा उपलब्ध गराए. तत्पश्चात शभाकक्ष, दक्षिणी वराण्ड, धरहरा सन् १४१४मा निर्माण सम्पन्न भएको थियो. गिर्जाघरको यो भाग यसका गोला स्कटिस खम्बाहरु, गोथिक प्रकारका चापहरु. ओक(एक प्रकारको बज्राठ) को काठ द्वारा बनाइएका पहिला बनाउँदा जस्तो देखिन्थे त्यस्तै देखिन्छन. यो गिर्जाघर भक्तजनहरुको महाभेलाको लागि अपर्याप्त भएको कारणले यसको पूर्वीय भाग जोन काउट्स नामका एक मूख्य डकर्मी को प्रेरणादायी निर्देशनमा स्थानीय कारिगरहरु द्वारा सन् १५०७ देखि सन् १५४६ विचमा निर्माण भएको थियो.

सन् १६५६ मा गिर्जाघरका दुइ मन्त्रीहरु उनीहरुका समर्थकहरु विच ठुलो कलह भएको कारणले बजार व्यबस्थापन समितिले यसलाई दुइ ( पूर्वी पश्चिमी ) भागमा विभाजन गरायो. सो विभाज्य रेखा अद्धावधि देख्न सकिन्छ. यसरि दुइ विभाग दुइ मन्त्रीहरुको अवस्था सन् १९३५सम्म रह्यो. सन् १९३५मा यस पर्खाललाइ भत्काएर एउटा बनाइयो.


त्यस पश्चात सन् १९३६ देखि १९४० सम्म एउटा गहन जीर्णोद्दार को काम सम्पन्न गरियो. छोटा दलानहरुलाइ लम्ब्याइयो, विभाजन पर्खाल पूर्ण रुपमा हटाइयो. छत् लाइ धनुषाकार परियो मंचलाई केहि अग्लो पारियो भने मंच को तलतिर दराज कोठा धर्मगुरुहरुको लागि मन्थनकोठा तयार परियो.


सन् १९६५ १९६८ का बिचमा अझै बढी जीर्णोद्दारको काम भयो. जस अन्तर्गत धेरै झ्यालका पत्थर निर्मित चौकोश फेर्ने, अन्य मक्किएका ढुंगाहरु फेर्नु, कतिपय ढुंगाहरु तिखार्नु घर तताउने पद्दतिको पुन निर्माण गर्नु आदि रहेको थियो.


सन् १९७० मा धरहरामा वटा घन्टीको वाध्ययन्त्रको पुन निर्माण गरि पुन झुन्ड्याईयो जसले गर्दा अब उप्रान्त ति घन्टीहरु यान्त्रिक रुपमा वा हातैले पनि बजाउन सकियो. सन् १९८७ देखि १९९३ सम्म अझै बृहत रुपमा जीर्णोद्दार गरियो जसको लागत £,२५०,०००.०० ( बाह्रलाख पचास हजार पाउन्ड) रह्यो.


स्कटल्याण्ड कि रानी मेरीले यो गिर्जाघरमा परमेश्वरको उपाशना गरिन जोन नक्स ले यसमा इश्वरीय ज्ञान बाँडे. २९ जुलाई १५६७ मा रानी मेरीका नाबालक छोरा जेम्स को पनि यहि गिर्जाघरमा राज्य भिषेक गरियो स्कटल्याण्ड का जेम्स छैटौं का नामले ख्याती कमाए. जो पछी गएर रानी एलिजावेथको मृत्यु पर्यन्त सन् १६०३ मा इंगल्याण्डका पनि राजा भए इंगल्याण्डका जेम्स प्रथम का नामले ले प्रख्यात भए. यसले गर्दा लण्डनको वेस्ट मिनिस्टर आबे पछी यो नै एउटा मात्र यस्तो गिर्जाघर भयो जहाँ शुभाराज्यभिषेक पछि अनवरत रुपमा प्रार्थना गरिदै आइएको .

'कृपया यसलाई गिर्जाघर बाट नहटाउनु होला.'

www.holyrude.org tom.buchanan@talktalk.net